समाचार

बेगनासतालमा श्रीमद भागवत विराट महायज्ञ गरिने

बेगनासतालमा श्रीमद भागवत विराट महायज्ञ गरिने
लेखनाथ, ८ असोज ।
बेगनासतालमा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥षाउने उदेस्यले बेगनासतालमा मंसिर २२ गते देखि २९ गते सम्म श्रीमद भागवत विराट ज्ञान महायज्ञ गरिने भएको छ । स्थानीयवासीको पहलमा राष्ट्रिय परोपकार महासंघ नेपालले ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो
बिभिन्न समयमा तालमा भएको दुर्घटना परि ज्यान गुमाएका अमर आत्माको चिर शान्तिको कामना र आगामी दिनमा त्यस प्रकारका दुर्घटना नहोस भन्ने कामना साथ पनि उक्त महायज्ञ गर्न लागिएको हो । यसैविच उक्त विराट महायज्ञको बारेमा जानकारी दिनका लागि सोमबार आयोजना गरिएको स्थानीयवासी तथा सरोकारवालाविचको छलफल कार्यक्रममा बोल्दै परोपकार महासंघ नेपालका संस्थापक तथा पंडित कमल नयन गौतमले हरेक धर्मशास्त्रको सार नै सेवा गर्नु हो भन्दै अध्यात्म मार्फत राम्रो संस्कार विकास गरेमा नै हरेक क्षेत्रको विकास गर्न सजिलो हुने बताए । पंडित गौतमले बेगनास क्षेत्र पर्यटकिय हिसावले एक महत्वपूर्ण गन्तव्य भएको हुनाले यहाँ सामाजिक सद्भाव बढाउने कार्याक्रमहरु अति आवश्यक रहेको बताए ।
कार्यक्रमकै बिच महायज्ञ संचालनार्थ मुल समारोह समिति र बिभिन्न उपसमितिहरु गठन गरिएको थियो । स्थानीयवासीको छलफल बाट पंडित कमल नयन गौतमलाइ मुख्य संरक्षक राखिएको छ । त्यसैगरी संरक्षकहरुमा पूर्व स्वस्थ्य मंन्त्री खगराज अधिकारी, पुर्व कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्रि यज्ञ बहादुर थापा, प्रदेश सांसद दिपक कोइराला, मान बहादुर गुरुङ, जिल्ला विकास समिति अध्यक्ष बैन बहादुर क्षेत्री, पोखरा उपमेयर मञ्जु देबी गुरुङ लगायत रहेका छन् ।
कार्यक्रमकै बिच स्थानीय समाजसेवी डिल्लीरमण तिवारीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको थियो । समितिका उपाध्यक्ष मा २३ जना रहेका छन् । त्यसैगरी महासचिवमा धु्रबनाथ अधिकारी, उपमहासचिवमा सोमलाल तिवारी, सचिवमा कृष्ण प्रसाद ढुंगाना, कोषाध्यक्षमा गंगाराम सुवेदी र सहकोषाध्यक्षमा मित्रलाल भण्डारी रहेका छन् । महायज्ञका संचालनका लागि साविक लेखनाथनगरका सरोकारवाला सम्मिलीत ४७ वटा उपसमितिहरु गठन गरिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: