चीनले हस्तक्षेप गर्न खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप
काठमाडौं , ११ असोज ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गरेका छन् । परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाएका हुन । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ ।
चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिएका छन् । विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पारेका छन् । चीनले हमेशा दोस्रो देशको घरेलु मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको भन्दै विदेशमन्त्री यीले यस्ता आरोपको स्वीकार नगर्ने जवाफ दिए । आगामी नोभेम्बर ६ मा अमेरिकाका मध्यावधि निर्वाचन हुँदैछ । चीनले चुनावमा हस्तक्षेप गर्न खोजेको ट्रम्प प्रशासनको यो पहिलो आरोप भने होइन ।पछिल्लो महिना अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले रुस, उत्तर कोरिया, इरान चीनले अमेरिक चुनावमा हेरफेरको योजना बनाएको आरोप लगाएका थिए ।