समाचार

३०औं हप्ताको वृहत बेगनासताल सरसफाई सम्पन्न

लेखनाथ, असोज १३ ।
पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३० औं हप्ताको वृहत वेगनासताल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वृहत वेगनासतालको वृहत सरसफाई अभियानको ३० औं हप्ताको कार्यक्रममा वेगनासतालको ड्याम साइड तथा नहरमा राखिएका डस्ट्विनहरुमा जम्मा भएको फोहोर मैला जम्मा गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष एव्म सरसफाइ अभियन्ता राम बहादुर रानाभाटले गाउँले मिडियालाइ जानकारी दिए ।

कार्यक्रममा ३१ वडाका वडा अध्यक्ष कमल बहादुर थापा, जनता बहुउद्धेशिय सहकारी संस्था , लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा, वेगनासताल महिला समूह, जलेश्वर शिव मन्दिर व्यवस्थापन समिति, वेगनासताल वस व्यवसायी समिति, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियन, वेगनासताल टोल विकास संस्था, डाँडाको नाक प्रहरी कार्यालय, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, पर्यटन मार्ग महिला समूह लगाएतका विभिन्न सामाजि संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्लवका अध्यक्ष तथा अभियानका अभियन्ता राम बहादुर रानाभाटले ३० औं हप्ता सम्म आइपुग्दा पनि स्थानिय जनताको सोचमा अझै परिवर्तन नआएको गुनासो गर्दैै सरसफाइ अभियान निरन्तर रुपमा सन्चालन हुने बताए । त्यस्तै गरी वडा अध्यक्ष कमल बहादुर थापाले वेगनास युवा क्लबले शुरु गरेको वृहत सरसफाइ अभियानलाइ वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी हप्ताबाट वेगनासतालमा देखिएको जलकुम्भि नयाँ प्रविधि मेशिनबाट सफाइ गरी वेगनासतालमा भएको जलकुम्भिलाइ निमिट्यान्न पार्ने बताए ।

त्यस्तै गरी जनता बहुउद्धेशिय सहकारीका अध्यक्ष शोभा मोहन पौडेल, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझा, समाजसेवी राममणी अधिकारी, वेगनास युवा क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगाएतले वृहत वेगनासताल सरसफाइ अभियानका वारेमा आफ्नो धारणा राख्दै परिवर्तनको शुरुवात आफुबाटै गर्नुपर्ने र आफ्नो टोलमा आफैले सफा गर्नु पर्ने बताए । वृहत वेगनासताल सरसफाइ अभियान साप्ताहिक रुपमा निरन्तर चलिरहने र आगामी सफाइ अभियानमा पनि सहभागी हुन क्लबका सचिव रोशन खनालले सबैमा आग्रह गरे ।

Related Articles

Back to top button
%d bloggers like this: