समाचार

लक्ष्मी आर्दश टोल विकाश संस्थाद्धारा अपाङ्गगतालाइ सहयोग

सुमन जिसी
लेखनाथ, असोज १३ ।
पोखरा २७ मा रहेको लक्ष्मी आर्दश टोल विकाश संस्थाले शारिरिक अपाङ्गगता भएका आफ्ना शेयर सदस्यका छोरा छोरीलाई आर्थिक तथा जिन्सि सामान सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजु अधिकारी तथा उपाध्यक्षमा विमला पाहारी पौडेलले संस्थाका शेयर सदस्य विवा क्षत्रीकी छोरी डोमा क्षत्रीलाई र शेयर सदस्य अम्मर आले मगरका छोरा धन वहादुर आले मगर लाई नगद रु २–२ हजार बराबरको जिन्सि सामान प्रदान गरेको संस्थाका सचिव जयराम राजभण्डारी बताएका थिए ।
सामाजिक दायित्व कोष बाट सहयोग गरेको र आगामि दिनमा पनि यस्तै सहयोग गरिरहने उनले बताएका छन् । समाज परिर्वतनमा मा टोल बासी अनि टोल विकाश संस्थाको महत्वपूर्ण भुमिका रहने अनि टोलको हरेक कार्यमा क्रियासिल रहेको संस्थाले आगामि असोज २० गते शनिवारका दिन यस क्षेत्रको धार्मिक स्थल चन्द्रकालीका मन्दिर वृहत सरसफाई गर्ने समेत संस्थाकी सदस्य गंगा कोईरालले जनाएकी छन् ।

Related Articles

Back to top button
%d bloggers like this: