राशिफल
वि.सं. २०७५ साल असोज १४ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर ३० तारिख। नेपाल संवत् ११३८ आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी,
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
वचन पुर्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। सञ्चित रकम खर्च हुनाले अर्थ अभाव सामना गर्नुपर्ला। प्रयत्न गर्दा मिहिनेतले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन गर्न सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ कामको प्रस्ताव आए पनि साथसाथै चुनौतीसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आफन्तको भरपर्दा काममा पछि पारिनेछ। अध्ययनमा पनि धेरै समय दिन नसकिएला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सानो असावधानीले रकम हातबाट बाहिरिन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। रोकिएको काम बनाउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ र पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूको भरपर्दा धोका पाइनेछ भने मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। प्रयत्न गरेका काम सम्पादन हुनेछन्। अभिभावक तथा शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।