समाचार

यो बर्ष दशैँमा पाँच दिनमात्रै बैंक बन्द, आशिंक सेवा भने सुचारु हुने

काठमाण्डौ, असोज १८ ।
यो बर्षको दशैँको समयावधिमा पाँच दिन मात्रै बैंक बन्द हुने भएको छ । अघिल्ला बर्षहरुमा आठ दिन दशैं विदा भएको थियो । सरकारले सार्वजनिक विदाको कटौती गरेसँगै बैंक विदाको दिन पनि गत बर्षहरुको भन्दा तीन दिन थप कटौती भएको हो ।अघिल्ला बर्षको दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिनमा सार्वजनिक विदा हुने गरेको थियो । यो बर्ष भने यी तीन दिन नै बैंकहरु खुला हुनेछन् ।
ग्राहकहरुको सुविधाका लागि सार्वजनिक विदाका दिनमा पनि विगत बर्षहरुमा जस्तै यस बर्ष पनि बैंकहरुले ५६५ दिने बैंकिङ्ग सेवा भने प्रदान गर्नेछन् ।यो बर्षमा दशैंमा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिन मात्र सार्वजनिक विदा हुनेछ । एकादशीको भोलीपल्ट अर्थात कात्तिक ४ गते आइतबारदेखि भने बैंकहरुले पूरा कार्यालय समयमा बैंकहरु खुल्नेछन् । तिहारमा ३ दिन बिदा हुनेछ ।
नेपाल राष्ट्र बैंकले २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन हुने बिदालाई ‘क’ वर्ग र आधा दिन हुने बिदालाई ‘ख’ वर्गमा दुई भागमा वर्गिकरण गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: