युवाहरु स्वचालित हुनु पर्नेमा पोखरा महानगर प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलको भनाइ

लेखनाथ, असोज २० ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले युवाहरु परिचालित नभइ स्वचालित हुनुपर्नेमा जोड दिएका छन् । पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबको २६ औं वार्षिक साधारण सभामा वोल्दै प्रमुख अतिथि पौडेलले युवाहरु परिवर्तनको सम्वाहक भएको बताउँदै युवाहरु समाज रुपान्तरणमा लाग्नुपर्ने बताएका थिए ।
राजनितिले युवाहरुलाइ पद्धति र प्रकृयाबाट सामाजिक कार्यमा लगाउनु पर्नेमा जोड दिंदै साना साना विकास निर्माणका योजनाहरुलाइ वडा स्तरबाटै सम्झौता गरी सम्पादन गर्नका लागि माहानगरले सबै वडालाइ अधिकार प्रत्यायोजन गरेको बताए । सामाजिक संघ संस्थाहरु, जनप्रतिनिधिहरु सबैको सामुहिक प्रयासले मात्रै समग्र पोखरा महानगरको विकास सम्भव हुने उनले बताए ।
क्लबका अध्यक्ष राम बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङ, नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका सचिव देवेन्द्र रानाभाट, पोखरा महानगरका कानूनी अधिकृत एवम् क्लबका सल्लाहकार राममणी अधिकारी, होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष कृष्ण तिमिल्सिना, पोखरा वृहत सरसफाइका अभियन्ता राम बहादुर पौडेल, क्लबका पूर्व अध्यक्षहरु दुर्गा प्रसाद अधिकारी, कृष्ण प्रसाद ढुङ्गाना लगाएतले क्लबले वातावरणको क्षेत्रमा वृहत सरसफाइको अभियान ३० औं हप्ता सम्म गरी इतिहास रचेको प्रसंसा गर्दै उक्त कार्यलाइ निरन्तरता दिन आग्रह गरेका थिए ।
क्लबका अध्यक्ष राम बहादुर रानाभाटले स्वागत गर्दै क्लबले सम्पादन गरेका कार्यहरु भावी कार्यक्रमहरुकोको वारेमा जानकारी गराएका थिए । क्लबका उपाध्यक्ष निराजन वरालले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव रोशन खनालले कार्यक्रम सन्चालन गरेका थिए।
सोही क्लबको वन्द सत्रले क्लबका अध्यक्ष राम बहादुर रानाभाटको प्रतिवेदन , सचिव रोशन खनालको प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण लामिछानेको आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरिएको थियो ।