समाचार

आनन्द ज्योति माविमा स्वागत कार्यक्रम सम्पन्न

लेखनाथ, असोज २० ।
पोखरा महानगरपालिका ३१ वेगनासमा रहेको आनन्द ज्योति माविमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२मा अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा ११मा अध्ययन गर्ने विद्यार्थीहरुको स्वागत गरेका हुन् ।
कक्षा १२ की मनिषा कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण तिवारीले विद्यार्थीहरुले विद्यालयको निति नियमलाइ पालना गर्दै आफ्नो अध्ययन कार्यलाइ अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै गरी सहायक प्रधानाध्यापक शिवराज अधिकारी, +२ संयोजक सत्यराज कंडेल लगाएतले विद्यार्थीहरु, अभिभावक, शिक्षकहरुको संयुक्त प्रयासले मात्रै गुणस्तरिय शिक्षा सम्भव हुने बताउँदै अनुशासनलाइ ध्यान दिंदै आफ्नो पठनपाठनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कक्षा १२ का एलिना पौडेल, मनिषा कंडेल, मन्दिप थापा, कक्षा ११ का सन्जय कंडेल, पूजा न्यौपाने लगाएतले आ–आफ्नो विचार व्यक्त गरेका थिए। कार्यक्रमको विच विचमा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन कक्षा १२ का विद्यार्थी प्रतिक्षा विक र सुजन रानाभाटले गरेको शिक्षक सविन चन्द्र तिवारीले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: