स्वतः स्थायी गर्न राहत शिक्षकको माग
काठमाडौं, २१ असोज ।
राहत कोटाका शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा बृहत दबार्ब याली निकालेका छन्। आइतबार देशभरका राहत शिक्षकहरु काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध बृहत दबार्ब याली निकाल्दै सडकमा उत्रिँएका हुन्। । उनीहरुले माइतीघर मण्डलामबाट नयाँ बानेश्वरसम्म दबार्ब यालीसहित प्रर्दशन गरेका थिए। सो क्रममा उनले राहत शिक्षकको इच्छा, गुणस्तरी शिक्षा, नयाँ संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकलाई एक मुष्ट स्थायी पदस्थापना गर्ने नितिगत सुनिश्चितता गरियोस् लेखेका प्लेकार्ड बोकका थिए।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित बृहत दबार्ब यालीमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरुले समय(समयमा स्वतः स्थायी गर्न माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन्। ।