समाचार

पोखराको अमरसिंह चोकमा यात्रु सहायता कक्ष

पोखरा , असोज २२ ।
चाडपर्वलाई लक्षित गरी कास्की प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैको समयमा पोखरा भित्रिने र बाहिरिने यात्रुहरुको चापलाई मध्येनजर गर्दै कास्की प्रहरीले पोखराको अमरसिंहचोकमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । यात्रु सहायता कक्षको शुरुवात गर्दै कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पर्यटकीय शहर समेत रहेको पोखरामा नेपालीहरुको महान पर्व दशैको वेला पोखरा आउने र बाहिरिने यात्रुहरुलाई कुनै झण्झट बिने गन्तब्य सम्म पु¥याउने लक्ष्य सहित यात्रु सहायता कक्षको स्थापना गरिएको वताए ।
पोखरा भित्रिने र पोखराबाट बाहिरिने यात्रुहरुलाई बसका कर्मचारी तथा यातायात बिचौलियाहरुले दुख दिने तथा पोखरामा आउने पर्यटकहरुलाई पोखराको बारेमा जानकारी दिने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको गुरुङको भनाइ रहेको छ । प्रहरी प्रवक्ता गुरुङका अनुसार पोखरामा आधा दर्जन वढी यात्रु सहायता कक्षको स्थापना गरिनेछ । पोखराको पर्यटक वसपार्क, पोखरा बसपार्क, बाग्लुङ वसपार्क, पोखरा विमानस्थल लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने छ ।
पोखराको अमरसिंह चोकमा स्थापना भएको यात्रु सहायता कक्षमा वडा प्रहरी कार्यालय रामबजारको मातहतमा १ जना ट्राफिक प्रहरी र २ जना प्रहरीले विहान देखी बेलुका सम्म ड्युटी गरी अफ्ठेरोमा परेका यात्रुलाई गन्तब्य सम्म पुग्नका लागी सहयोग गर्ने वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले वताए ।

Related Articles

Back to top button
%d bloggers like this: