समाचार

बेगनास बिकाश मन्चको अध्यक्षमा कंडेल

बेगनास बिकाश मन्चको अध्यक्षमा कंडेल
पोखरा, २५ असोज ।
बेगनास बिकाश मन्चको भेला सम्पन्न भएको छ । पोखरामा सम्पन्न भएको भेलाले शुक्रराज कंडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ। सर्वसम्मत रुपमा चयन भएको मन्चको उपाध्यक्षमा सिताराम कंडेल, सचिवमा शिवराज वास्तोला, कोषाध्यक्षमा शिवराज अधिकारी र सह सचिवमा बिकास प्रसाद कंडेल रहेका छन् ।

बेगनास जन्मथलो भइ पोखरा आएर विभिन्न पेशा तथा ब्यबसायमा सग्लग्न ब्यक्तिहरुको उक्त सस्थाको भेलामा प्रा डा बेदनाथ शर्मा,डा शुक्रराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो । यस अघि पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले वडा वडामा सिंहदरबार नआइपुगेको उल्लेख गर्दै केन्द्रले स्थानिय तहमा अधिकार दिएपछी आफ्नो वडा र गाउको बिकाश गर्न सजिलो हुने बताए।

सस्थाका नबनिर्बाचित अध्यक्ष कंडेलले सस्थाले गर्दैै आएको कार्यक्रमलाइ निरन्तरता दिदै मातृभुमी बेगनासको विकासका लागि थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रमको सन्चालन सचिब शिबराज बास्तोलाले गरेको श्रीराम कंडेलले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: