समाचार

चिनीमा आर्थिक चलखेल भएको संसदीय उपसमितिको निचोड

काठमाण्डौ , २५ असोज ।

चिनीमा आर्थिक चलखेल भएको संसदीय उपसमितिको निचोड सरकारले चिनीमा लगाएको परिमाणात्मक आयात बन्देज तथा अस्वाभाविक मूल्य वृद्धि लगायतका विषयमा अध्ययन गर्न बनेको संसदीय उपसमितिले आर्थिक चलखेल भएको निचोड निकालेको छ।

संसद्को सार्वजनिक लेखा समितिले पूर्वमन्त्री लेखाराज भट्टको संयोजकत्वमा एक साताअघि गठन गरेको उपसमितिले यस्तो निचोड निकालेको हो। हामीले पाँच महिनाअघि ६ हजार क्विन्टल चिनी बिक्रीको बिल र्हेयौँ।

त्यहाँ भ्याटबाहेक ५३ र भ्याटसहित ५९ रुपैयाँमा चिनी बेचेको पाइएको छु, उपसमितिका सदस्य प्रेम आलेले  भने, त्यसपछि उत्पादन नै नभएको भनिएको चिनी कसरी महंगो बन्यो?bउनले मनपरी मूल्य वृद्धि गर्दा बजार अनुगमन नगरेको र उद्योगीले बजार मूल्य ६३ रुपैयाँ कायम गर्नेगरी चिनी उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा सरकारले ७० रुपैयाँ तोक्नुलाई आर्थिक चलखेलको रूपमा हेरिएको बताएका छन्।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: