समाचार

ठेक्का होल्ड गर्ने ठेक्दारलाई कार्वाही गर्ने अख्तियार प्रमुख घिमिरेको प्रतिबद्धता

पोखरा , २५ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले लामो समय समम ठेक्का होल्ड गरेर राख्ने ठेक्दारहरु कार्वाहीको दायरामा ल्याउने बताएका छन् । बिहीबार पोखरामा सुशानका लागि नागरिक समाज पोखराले आयोजना गरेको भ्रष्ट्रचार नियन्त्रयणमा अख्तिया र नागरिक समाजको भुमिका विषय कार्यक्रममा उनले ठेक्का होल्ड गरेर बस्ने ठेक्दारलाई कडा निग्रानी गर्ने बताए ।
उनले कर्मचारी तन्त्रमा भईरहेको भ्रष्ट्रचार नसच्चिए आयोग चुप लागेर नबस्ने बताए । कर्मचारी नसच्चिए टोपी हातमा लिएर भाग्ने दिन आउने उनको भनाई थियो । जनताको काम समयमा नभए भोली जनताले कर्मचारीलाई लखेट्ने दिन नआउला भन्न सकिदैन । उनले नेपाली सेनालाई ठेक्का दिदा नेपाली सेनामा भएको व्यवसायीकता हराउने बताए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: