समाचार

पोखरा महानगरद्धारा एकीकृत सम्पत्ति कर खारेज

पोखरा, असोज २६ ।
पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । अवदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।
अनाधिकृत रुपमा महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नअसुल्न आदेश जारी गरेपछि महानगरले नयाँ बाटोबाट कर संकलन गर्न लागेको हो । पहिलेकै एकीकृत सम्पत्ति करका केही बुँदाहरु मिलाएर नयाँ कार्यविधि तयार गरिएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब घर र घरले चर्चेको जग्गाको सम्पत्ति कर र त्यसबाहेकका जमिनमा भूमीकर लगाईनेछ ।

मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेल बताए ।

Related Articles

Back to top button
%d bloggers like this: