समाचार

दिएर वाँचौ भन्ने नारालाइ सार्थक बनाउन लायन्स डिष्ट्कि ३२५ वि १ गभर्नर श्रेष्ठको आग्रह

पोखरा, असोज २६ ।
लायन्स क्लब ३२५ वि १ नेपाल दशै , तिहार, छट पर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले दशै तथा तिहारको शुभकामना दिंदै यस वर्षको मूख्य नारा दिएर वाँचौ लाइ सार्थक बनाउन आग्रह गरे ।

क्लबहरुले ३ महिनामा सम्पदान गरेका सामाजिक कामको प्रशंसा गरे । क्लबहरुले गर्ने कार्यले नै डिष्ट्रिक सफल हुने भन्दै सोही अनुसार सामाजिक तथा मानविय सेवामा लाग्न उनले आग्रह गरे ।

त्यस्तै गरी एफ डब्लु सि मल्टिपल कोडिनेटर धु्रव थापाले लायन्सहरु सबै मिलेर सामाजिक कार्यमा सेवा गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि सबै लायन्स नेताहरु मिलेर डिष्ट्रिकलाइ विश्वको सफल डिष्टिक बनाउनु पर्नेमा जोड दिए ।
त्यस्तै गरी पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, चिफ एडभाइजर धु्रव श्रेष्ठ, पि आर ओ इन चिफ परमेश्वर वराल लगाएतले शुभकामना व्यक्त गर्दै लायन्सका वारेमा आ आफ्नो धारणा राखेका थिए भने डिष्ट्रिक सचिव राम वस्यालले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: