समाचार

नमूना टोल विकास संस्थालाइ सहयोग

लेखनाथ, असोज २७ ।
पोखरा महानगर पालिका वडा नं.३१ नहर चोकमा रहेको नमूना टोल विकास संस्थाले सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ । हालै मात्रै स्थापना भएको टोल विकास संस्थाले विशेष गरी वातावरणको क्षेत्रमा काम गर्दैैै आएको छ । नियमित रुपमा आफ्नो टोल छरछिमेकमा सरसफाइ गर्दै र वेगनास युवा क्लबले आयोजना गर्ने प्रत्येक हप्ताको शनिवार वृहत वेगनास सरसफाइ अभियानमा सहयोग गर्दै आएको नमूना टोल विकास संस्थालाइ रिलायन्स लाइफ इन्सुरेन्सले एक कार्यक्रमका विच टोलमा डस्टविन राख्नको लागि रु ७ हजार आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा रिलायन्स लाइफ इन्सुरेन्सका अध्यक्षले नमूना टोल विकास संस्थाकी अध्यक्ष सुधा थापा वारललाइ आर्थिक सहयोग हस्तान्तरण गर्दै संस्थागत रुपमा वातावरणीय क्षेत्रमा थोरै रकम भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै गरी नमूना टोल विकास संस्थाकी अध्यक्ष सुधा थापा वरालले रिलायन्स लाइफ इन्सुरेन्स लाइ धन्यवाद दिंदै आगामी दिनहरुमा टोलमा रहेका सबैलाइ संस्थामा आवद्ध गर्दै सबै सामाजिक संघ संस्थाहरुसँग समन्वय गर्दै आफ्नो टोलमा विकास गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् ।

Related Articles

Back to top button
%d bloggers like this: