राशिफल
वि.सं. २०७५ साल असोज २८ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर १४ तारिख। नेपाल संवत् ११३८ । आश्विन शुक्लपक्ष। तिथि– पञ्चमी,
मेष (Aries)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्नेछ भने गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।
बृष (Taurus)
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला।
मिथुन (Gemini)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। साँझतिर कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट (Cancer)
प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको लाभ नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ।। साँझदेखि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ।
सिंह (Leo)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। साँझदेखि स्थितिमा केही सुधार आउनेछ भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या (Virgo)
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। साँझदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
तुला (Libra)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ।
बृश्चिक (Scorpio)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
धनु (Sagittarius)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। हात लागेको रकम अरूका लागि खर्चनुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर हुने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
मकर (Capricorn)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अावश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
कुम्भ (Aquarius)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
मीन (Pisces)
अरूका लागि बुद्धि खर्चनुपर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पर्नेछ। साँझदेखि स्थितिमा सुधार आउनाले मनग्गे फाइदा हुनेछ।