समाचार

सुन तस्करीका अभियुक्तलाई यूएईबाट काठमाडौं ल्याइयो

कठमाण्डौ,२९ असोज ।

चर्चित ३३ किलोग्राम सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्तमध्येका एक जना संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ परेका छन् ।सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा यूएईमा पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको जानकारी नेपाल प्रहरीले दिएको छ ।
मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) का प्रमुख सहयोगी मानिएका श्रेष्ठविरुद्ध फरार अभियुक्तका रूपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारद्वारा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख छ ।
उनलाई लिन मोरङ जिल्ला प्रहरी कार्यालयको टोली सोमबार नै काठमाडौं आइपुगेको छ । उनलाई मोरङ लगेर हिरासतमा राखिने र अदालतमा उपस्थित गराइने जानकारी प्रहरीले दिएको छ ।सुन तस्करीका लगानीकर्ता मानिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेती ९गोरे० का भाइ रमेश उप्रेती, हरिशरण खडका र बेनु श्रेष्ठविरुद्ध गत असारमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । श्रेष्ठ सुन तस्करीका अलावा हुन्डीको कारोबारीसमेत भएको प्रहरीले उल्लेख गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: