राशिफल
वि.सं. २०७५ साल असोज ३१ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १७ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी,
मेष (Aries)
पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्।
बृष (Taurus)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।
मिथुन (Gemini)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि काम बिग्रने डरले सताउनेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कर्कट (Cancer)
जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। वादविवादमा अघि नसर्नुहोला। व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
सिंह (Leo)
लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ।
कन्या (Virgo)
बेलैमा थालेको काम विलम्बले सम्पादन हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। सुरुमा समयको महत्त्वलाई बेवास्ता गर्दा व्यवहारमा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
तुला (Libra)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ।
बृश्चिक (Scorpio)
नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला।
धनु (Sagittarius)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मकर (Capricorn)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। बिछोडिएका आफन्तहरू नजिकिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।
कुम्भ (Aquarius)
आफ्नाबाट भने टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।
मीन (Pisces)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। तर, सरसापटमा केही धन बाहिरिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।