‘दि ब्रेकअप’ को पहिलो गीत : ‘आज हाम्रो भेट भाको दिन’ सार्वजनिक
काठमाडौं , कात्तिक १३
फिल्म ‘दि ब्रेकअप’ को पहिलो गीत रिलिज भएको छ। तिहारलाई लक्षित गर्दै मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरिएको हो। पुरानो चर्चित गीतलाई रिमेक गरी बनाइएको यस गीतमा विराज गौतम र मेलिना राईले स्वर दिएका छन्। एक दशक पहिलाको यस हिट गीत फिल्म ‘ज्वाला’मा समावेश यस गीतमा वुद्धविर लामाको शब्द तथा शिलाबहादुर मोक्तानको संगीत रहेको थियो।
रिमेक गीतमा पनि उनीहरूलाई क्रेडिट दिइएको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार पारिएको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनालले नृत्य प्रस्तुत गरेका छन्। विवाहको सेटमा खिचिएको भिडियो उत्कृष्ट बनेको छ। पुस २७ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन्। नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको यस फिल्ममा रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक विसीको लगानी रहेको छ।