मनोरञ्जन

नेपाल आइडल स् आजको एपिसोडमा हुँदैछ यी ९ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा

काठमाण्डौ, १५ कार्तिक ।

नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ अन्तर्गत आज पनि इलिमिनेसन राउण्ड जारी रहनेछ । आजको एपिसोडमा संगीतकार शम्भुजित बास्कोटा सेलिब्रेटी गेष्टको रुपमा उपस्थित हुनेछन् ।

विभिन्न चरणबाट छानिएर आएका ९ प्रतियोगीले आजको एपिसोडमा आफ्नो प्रस्तुति दिनेछन् । अमित बराल, अष्मिता अधिकारी, क्रिषल कडेल, बिक्रम बराल, पवन गिरी, निलिमा थापा मगर, रवी अवद, सुविन सिंह र सुमित पाठक रहेका छन् । यी मध्ये कम मत ल्याउने प्रतियोगीमध्ये एक जना शुक्रबारको एपिसोडबाट बाहिरिनेछन् ।

आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्स मार्फत भोट हाल्न सकिनेछ ।

Related Articles

Back to top button
%d bloggers like this: