आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने वेगनासताल बृहत सफाई अभियानको उद्धेश्यः रानाभाट
वृहत वेगनासताल सफाइ अभियान ३४ औं हप्ता सम्पन्न
लेखनाथ, १८ कात्तिक ।
बेगनास युवा क्लबले विगत माघ २० देखि सुरुवात गरेको वेगनासताल वृहत सफाइ अभियानको ३४ औं हप्ता शनिवार सम्पन्न भएको छ । क्लबे वेगनासताल क्षेत्रलाइ आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यले प्रत्येक हप्ता वेगनसाताल वृहत सफाइ अभियान गर्दै आईरहेको छ। ३४ औं हप्ताको बेगनासताल बृहत् सफाई अभियानमा क्लव भवन देखि ड्यामसाईड हुँदै ताल वरपरका फोहोर संकलन गरेर शनिबारको कार्यक्रम सम्पन्न भएको अभियानका अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाटले वताए।
क्लवले समाजमा वातावरणीय सचेतना फैलाउन जारी वेगनसताल वृहत सरसफाइ अभियानको ३४ औं हप्तामा लायन्स क्लब अफ लेखनाथ सुनगाभाका साथै क्लबका पदाधिकारी एवम् सदस्यहरु, होटल तथा रेस्टुरेन्ट एसोसिएस नलेखनाथ, वेगनास महिला समूह, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, बेगनासताल वस संचालक समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, नमुना टोल विकास संस्थाले ३४ औं हप्तामा पनि आफ्नो साथ जारी राखेकोमा क्लबका अध्यक्ष राम बहादुर रानाभाटले धन्यवाद दिंदै वातवारण सफा र स्वच्छ राख्न आफ्नो टोल छिमेकमा आफैले सरसफाइ गर्नुपर्नेमा जोड दिए।