समाचार

कांग्रेस महासमिति बैठक सर्‍यो, गच्छदार उपसभापतिमा मनोनित

२० कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

तिहार, छठलगायतका चाडपर्वहरू संघारमा अाएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए  यस्तै, मंगलबार बसेको बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ । जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: