मनोरञ्जनअर्थ खबर

प्रथम आदर्श महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, कार्तिक २८ ।
खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० देखि मंसिर ९ गतेसम्म गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा हुन लागेको महोत्सवको ९० प्रतिशत काम सम्पन्न भई अन्तिम तयारीमा जुटेको महोत्सवका मुल संयोजक किसान गुरुङले जानकारी दिएका छन् ।

कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्समा निर्माण गरिएका दुई सय ६८ बटा स्टलहरु मध्य करिव दुई सय ५० स्टलहरु बुक भईसकेको र बाँकी स्टलहरु पनि बुकिङको प्रक्रियमा रहेकालो आफुहरु उद्घाटनको संघारमा रहेको संयोजक गुरुङले जानकारी दिए । क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्नेमा सहयोग पुग्ने गरि निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नती गर्ने र सामाजीक क्षेत्रको विकास गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष तथा महोत्वका निर्देशक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए

महोत्सवको ब्यवस्थीत रुपमा संचालन गर्नका लागि गठित एक सय सदस्य मुल समिति,२५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उप समितिले आ आफनो जिम्माको काम पुरा गरि तयारीको अन्तिम चरणमा पुगेको क्लवका सचिव पदम गुरुङले जानकारी दिएका छन् । उनले महोत्सवमा थप रोचक र मनोरङजन दिनका लागि रतौली गित प्रतियोगिता,बिद्यालय स्तरिय नृत्य प्रतियोगिता,राष्ट्रिय स्तरका कलाकारहरुको लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरि कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने ब्यवस्था मिलाईएको बताए । महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच, उँट सवारी, धरहरा चडी महोत्सव अवलोकन, वाल उद्यान रहेका छन ।महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएका छन् । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकहरुको अपेक्षा रहेको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: