मनोरञ्जनअर्थ खबर

आदर्श महोत्सवको तयारी पुरा

लेखनाथ, २९ कात्तिक ।

खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० देखि मंसिर ९ गतेसम्म पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी पुरा भएको छ ।
आयोजकले विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको हो । कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा निर्माण गरिएका दुई सय ६८ बटा स्टलहरु मध्ये करिव दुई सय ५० स्टलहरु बुक भईसकेको र अन्य तयारीसमेत पुरा भएकाले आफुहरु उद्घाटनको संघारमा रहेको संयोजक किसान गुरुङले जानकारी दिए । क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्नेमा सहयोग पुग्ने गरि निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नती गर्ने र सामाजीक क्षेत्रको विकास गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष तथा महोत्वका निर्देशक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

महोत्सवको ब्यवस्थीत रुपमा संचालन गर्नका लागि गठित एक सय सदस्य मुल समिति,२५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उप समितिले आ आफनो जिम्माको काम पुरा गरि तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा थप रोचक र मनोरञ्जन दिनका लागि रत्यौली गित प्रतियोगिता, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारह?को लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरि कृषिका स्टलहरुलाई निःशुल्क ?पमा राख्न पाउने ब्यवस्था मिलाईएको छ । महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच, उँट सवारी, धरहरा चडी महोत्सव अवलोकन, वाल उद्यान रहेका छन । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएका छन् ।

पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको आर्थिक कारोबार र महोत्सवबाट १२ लाख वचत गर्ने आयोजकले लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रशासनका कार्यालयका प्रमुख चित्राङगत बरालले महोत्सवमा दर्शकहरुको सुरक्षाका लागि महोत्सव अवधिभर पं्रहरीको क्याम्प समेत स्थापना गरी पुर्ण सुरक्षाको प्रत्याभुती गरिने बताउँदै ढुक्क भएर महोत्सवको अवलोकन गर्न सबैमा अनुरोध गरे । यस्तै वडा नं. ३० का अध्यक्ष चेत ब. गुरुङले स्थानीय क्षेत्रको विकास र रंगशालाको स्तरोन्नतीका लागि महोत्सव फलदायी हुनेमा आफु आशावादी रहेको वताए । क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको सञ्चालन सह–सचिव लक्ष्मि पुनले गरेकी थिईन ।

Related Articles

Back to top button
%d bloggers like this: