मनोरञ्जनअर्थ खबर

आदर्श महोत्सवमा दर्शकको घुइचो

लेखनाथ, ४ मंसिर ।
कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवका लिईएको प्रथम आदर्श महोत्सव बृद्ध बृदाका लागि दोहोरी र युवाहरुका लागि लाईभ पप कन्सट र साथमा अन्य मनोरञ्जनका कार्यक्रमहरु रहेकोले महोत्सवको चौथो दिनसम्म आईपुग्दा दर्शकको चाप सगै कारोवारमा पनि क्रमश बृद्धि भएको क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको भनाई रहेको छ ।

महोत्वको चौथो दिन सोमवार लोक दोहोरी गायक शर्मिला गुरुङ,चोलेन्द्र पौडेल,शिवहरि ढुगाना,प्रदिप त्रिपाठी,कृष्ण विक लक्ष्मी वानियाँ,सिता परियार र जगत पौडेल लगाएतको प्रस्तुती रहेको थियो । यसैविच महोत्वको पाचौं दिन मंगलवार लोक दोहोरी तर्फ बद्रि पंगेनी,जिवन दाहाल,राजन कार्की,ज्योती लोहोनी ,शिवहरी ढुगाना,कल्पना आले,सम्झना भण्डारी,राजेश वर्देवा,सुवास गुरुङ र आधुनिक तर्फ मेलिना राई र संजय कुँवरको प्रस्तुती रहने महोत्वका प्रचार प्रसार संयोजक पदम गुरुङले जानकारी दिएका छन् ।

खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लवले मंसिर ९ गतेसम्म आयोजना गरेको महोत्सवमबाट आम्दानी हुने रकमबाट क्लवले राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर दिदै निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नती गर्ने र सामाजीक क्षेत्रको विकास गर्ने उदेश्यका राखेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: