लायन्स क्लब वेगनासतालनगरीको चौथो स्थापना दिवस समारोह सम्पन्न

लेखनाथ, ८ मंसिर ।
लायन्स क्लब अफ वेगनास तालनगरीले आफ्नो चौथो स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । सन २०१५ नोभेम्बरमा चाटर्ड प्रमाण पत्र प्राप्त गरी क्लबले विभिन्न सामाजिक कार्य तथा मानविय सेवाका कार्य गर्दै आएको क्लबले चौथो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्बल डिष्ट्रिक ३२५ वि १ का प्रथम भाइस डिष्ट्रिक गभर्नर इन्दु लम्सालले क्बले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य तथा मानविय सेवाका कार्य गरेकोमा खुशी व्यक्त गर्दै २ जना कृषक विमल पोख्रेल र रमेश बहदाुर बस्नेतलाइ मौरी सहितका घार हस्तान्तरण गर्दै आगामी दिनहरुमा थप कार्य गर्न सुझाव दिइन् । त्यस्तै गरी द्धितिय भाइस डिष्ट्रिक गभर्नर मन बहादुर रोका, डिष्ट्रिक एड्भाइजर शैलेन्द्र मोहन भट्टराइ लगाएतले क्बलका सबै सदस्यहरुको योगदानले नै क्लबले सफलता हासिल गर्ने भएकाले सोही अनुसार लायनवादमा लाग्न आग्रह गरे ।
संस्थापक सदस्यहरु एवम् साधारण सदस्यहरुलाइ सम्मान गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले स्वागत एवम् क्लबको ऐतिहासिक पृष्ठभुमिका वारेमा स्पष्ट पारेका थिए । निवर्तमान अध्यक्ष रामचन्द्र रानाभाटले आफ्नो कार्यकालका कार्यक्रम संयोजन गर्ने संयोजकहरुलाइ सम्मान समेत गरेका थिए । क्बलका अध्यक्ष सागर लामिछानेका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव विदुर त्रिपाठीले गरेका थिए ।