स्वास्थ्य

रत्न शोभामा डेंगुरोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लेखनाथ, १० मंसिर ।
पोखरा महानगरपालिका २८ मझठाना स्वास्थ्य चौकीले एक दिने डेंगुरोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम आइतवार सम्पन्न गरेको छ । पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा कक्षा ८ देखि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ डेंगुरोग सम्बन्धि सचेत गराइएको हो ।

कार्यक्रममा माझठाना स्वास्थ्य चौकीका निमित्त प्रमुख झलक नाथ ढुंगाना र अनमी इन्दिरा शर्माले डेंगुरोग एक लामखुट्टेबाट सर्ने भन्दै प्रमुखले, यसबाट बच्ने उपाय, यसका लक्षणका वारेमा ढुंगानाले स्पष्ट पारेका थिए । ढुंगानाले पोखरामा पछिल्लो डाटा अनुसार २१७ जना डेंगुरोगका विरामी भएको जानकारी गराउँदै यसको नियन्त्रण तथा रोकथामका उपायहरु, यसका लक्षणहरुको वारेमा जानकारी गराउँदै कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाइ डेंगुरोगबाट सचेत रहन आग्रह गर्दै आफ्नो घर वरिपरिको वातावरण सफा राख्न सुझाव दिएका थिए । विद्यार्थीहरुले डेंगुरोग सम्बन्धि जिज्ञासा राखेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: