मनोरञ्जन

उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य वनाउन बेगनासतालमा विराट ज्ञानमहायज्ञ,

विहिवार नै मोटरसाईकल र्याली सम्पन्न

लेखनाथ,२० मंसिर ।
कास्कीको पोखरामा रहेका तालहरु मध्ये दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा विकासका पूर्वधार निर्माण गरि उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य वनाउने र सकरात्मक कुराको ज्ञान दिने उदेश्यले बेगनासतालमा विराट ज्ञानमहायज्ञको आयोजना गरिने भएको छ । बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत महायज्ञ गर्न लागिएको विहिवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

 

 

पोखरा ३१ बेगनासतालको मन्दरेपार्कमा पानी माथी नै स्टेज बनाएर मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ । पूर्वीय दर्शन अनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि धेरै बाधा अड्चन नष्ट हुने विश्वास छ । यसका लागि महायज्ञ अवधीभर दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न हुन पाउने व्यवस्था पनि महायज्ञमा गरिएको आयोजकले बताएको छ।

आयोजकका अनुसार झण्डै सय वर्ष अघि देखि बेगनासतालमा दुर्घटना वा विभिन्न कारणले १०४ जना भन्दा बढिले अकालमा ज्यान गुमाएको तथ्यांक छ । भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन हने उक्त महायज्ञबाट करिव पाँच करोड संकलन गर्ने र खर्च कटाएर चार करोड ७५ लाख बचत गर्ने लक्ष्य राखिएको महायज्ञका मुल संयोजक डिल्लीरमण तिवारीले जानकारी दिएका छन् ।

यसैविच महायज्ञको प्रचार प्रसारका लागि विहिबार नै मोटरसाईकल र्याली समेत सम्पन्न भएको छ । युवा परिचालन उपसमितिका संयोजक एवम् वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाटको संयोकत्वमा आयोजीत र्यालीमा २ सय भन्दा वढि मोटरसाईकल सहित युवाहरुको सहभागिता रहेको महायज्ञका प्रचार प्रसार समितिका संयोजक मोति गिरीले जानकारी दिए ।
र्याली महायज्ञस्थल वेगनासतालबाट शुरु भई शिशुवा भित्रि बाटो, लक्ष्मी मावि हुँदै विजयपुर पुगेर राजमार्ग हुँदै तल्लो गगनगौंडा, राजाको चौतारा, खोलाको छेउ, खुदी, नहर चोक हुँदै पुनः वेगनासतालमा पुगेर सम्पन्न भएको रानाभाभटले जानकारी दिए।

Related Articles

Back to top button
%d bloggers like this: