मनोरञ्जन

गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउने गण्डकी प्रदेश मन्त्रि लम्सालको भनाइ

लेखनाथ, २२ मंसिर ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातारवण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउने बताएका छन् । त्यो लक्ष्यमा स्थानिय स्तरबाट गरिएको कामले थप टेवा र अव सरकारले पनि केही गर्नु पर्छ भन्ने अनुभुती भएको विचार व्यक्त गरे । पोखरा ३१ बेगनासतालको मन्दरे पार्कमा मंसिर २२ गते देखि २९ गतेसम्म आयोजना गरिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको सनिवार उद्घाटन गर्दै पर्यटन विकासका लागि पुर्वाधार नहुदाँ हामीहरु पछि परेको तितो यथार्थ प्रस्तुत गर्दै मन्त्री लम्सालले देश विकासका लागि महायज्ञबाट सकरात्मक ज्ञानको प्रवाह गर्दै विकासका पुर्वाधार खडा हुनेमा आफु विश्वस्थ रहेको धारणा राखेका थिए ।

कास्कीको पोखरामा रहेका तालहरु मध्य दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा विकासका पूर्वधार निर्माण गरि उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने र सकारात्मक कुराको ज्ञान दिने उदेश्यले बेगनासतालमा शनिबारबाट विराट ज्ञानमहायज्ञ सुरु भएको छ ।
बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत महायज्ञ शुरु गरिएको हो ।
यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले विकासका लागि गरिएको महायज्ञमा सबैले साथ दिनुपर्नेमा जोड दिदै यस क्षेत्रको विकासको लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
महायज्ञका प्रमुख वाचक एवं भाष्कर भागवत कमलनयन गौतमले वेगनासताल क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि महायज्ञको परिकल्पना गरिएको र ७ दिनसम्म हुने महायज्ञमा यपस्थीत भई सहयोग गरिदिन सवैमा आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख सावित्रि भण्डारी, ईलाका प्रशासन कार्यलय लेखनाथका प्रमुख चित्राङ्गत बराल, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व–अध्यक्ष बावुराम गिरी, लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष मेजर रामप्रसाल गुरुङ, पोखरा महानगरपालिकाका कानुनी अधिकृत राम मणी अधिकारी, लेखनाथ परोपकार महासंघका अध्यक्ष तिर्थ बरुवाल, वेगनास युवा क्लवका अध्यक्ष राम. रानाभाट, पोखरा–२७ डाँडाको नाक का दानविर गम ब. गुरुङ लगायतले बोलेका थिए । महायज्ञ मुल समारोह सामितिका अध्यक्ष डिल्लिरमण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव ध्रुवनाथ अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद ढुंगानाले गरेका थिए । महायज्ञ पुर्व स्थानिय आमा समुह, टोल विकास सस्था, युुवा क्लव, लेखनाथ सामुदायिक सेवा केन्द्र, परोपकार संघका सदस्यहरु तथा बिभिन्न सामाजिक सघ सस्थाहरुको सहभागीतामा व्यानर सहित तालचोक देखि महायज्ञ स्थल सम्म विशाल कलश यात्रा निकालीएको प्रचार प्रसार उपसमितिका संयोजक मोति गिरीले जानकारी दिए।
महायज्ञको पहिलो दिन पोखरा २७ डाँडाको नाक निवासी गाम बहादुर गुरुङले १ लाख ५ हजार ५ सय ५५दान गरेका थिए। यसै गरी विभिन्न दानविरहरुबाट १ लाख ४१ हजार ७ सय १ रुपैंया संकलन भएको कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: