मनोरञ्जनअर्थ खबर

बेगनासताल विराट ज्ञान महायज्ञमा भक्तजनहरु झुम्मिए

लेखनाथ, मंसिर २४ ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा भइरहेको विराट ज्ञान महायज्ञमा श्रदाजु भक्तजनहरु झुम्मिउका छन् । मंसिर २२देखि शुरु भएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको सोमबारको तेस्रो दिन सम्ममा १६ लाख ६५ हजार रकम संकलन भएको छ । भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन भइरहेको उक्त महायज्ञमा बेगनासताल ढुंगा व्यवसायिक समितिबाट रु १ लाख १० हजार ५ सय दान गरिएको छ । डिल्लिमरमण तिवारीले रु ५५ हजार ५ सय ५५ दान गरेका छन् । पोखरा इन्टरनेट तालचोकबाट रु २५ हजार ५ सय ५५, तिवारी आत्मन्नेतीबाट रु २५ हजार १ सय २५, इन्द्रकुमारी रानाभाट तुलादानबाट रु १९ हजार ५ सय, हिमलाल पुन पोखरा रामबजारबाभट रु १६ हजार, मनहरी जिसीबाभट रु १० हजार १ सय ५५, त्रिकाङ टोल विकास संस्थाबाट रु १० हजार १ सय ११, जागृति टोल बुढिबजारबाट रु ७ हजार १ सय, चेतनसिल पून समाज ढुंगेपाटबाट रु ७ हजार ५५, पूर्ण बहादुर बरालबाट रु ६ हजार ५ सय ५५ दान प्रदान गरिएको कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए ।

प्रत्येक दिन जम्मा भएको दान रकम उही दिन बैंकमा दाखिला गरिएको सुवेदीले बताए । त्यसैगरी दान उद्घोषण, संकलन, मानसम्मान एवं सुसोभन कार्यक्रम महायज्ञ अवधिभर गरिने पनि महायज्ञ मूल आयोजक समितिका माहसचिव धु्रव नाथ अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला भरतपुर जिल्ला न्यायधिस वासुदेव न्यौपाने वेगनासतालमा धामिर्पक पर्यटकका रुपमा विकास गर्न हामी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै महायज्ञले परिकल्पना गरेका लक्ष्य र उद्धेश्य र परिपूर्ति गर्न आफुले सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महायज्ञ अवधीभर बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न रहेको मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: