मनोरञ्जन

वेगनासताल वराह क्षेत्रको विकासमा महानगरले सहयोग गर्ने प्रमुख जिसीको प्रतिबद्धता

लेखनाथ, २७ मंसिर ।
पोखरा महानगरपालिका प्रमुख मान वहादुर जिसीले वेगनास ताल वराह क्षेत्रको विस्तृति परियोजना प्रस्ताव दुइ महिना भित्र तयार गर्न आग्रह गरेका छन् । पोखरा ३१ वेगनासतालको मन्दरे पार्कमा भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञमा उक्त कुरा व्यक्त गरेका हुन् । वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरी महानगरमा पेश गरेमा महानगरले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । महायज्ञमा मन खुलाएर दान गरी सहयोग गर्न सम्पूर्ण भक्तजनहरुमा आग्रह गर्दै महायज्ञको लक्ष्य पूरा गर्न वाँकी रहेमा महानगरले पूरा गर्ने समेत सो अवसरमा बताए । वेगनास रुपाताल जलाधार क्षेत्रलाइ धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने र यस क्षेत्रको जैविक विविधताको संरक्षण गर्दै वेगनास क्षेत्रको समृद्धिका लागि माहानगरले प्राथमिकता राखेको व्यक्त गरेको कुरा पोखरा महानगरका कानुनी अधिकृत राममणी अधिकारीले जानकारी दिए ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा भइरहेको विराट ज्ञान महायज्ञमा दान गर्ने श्रदाजु भक्तजनहरुको भिड लागेको आयोजकको दाबी छ । यसै गरी विहिवार सम्म आइपुग्दा जम्मा रु ६० लाख ५ सय ४२ रकम संकलन भएको कोषाध्यक्ष गंगाराम सुवेदीले बताए ।
भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन भइरहेको महायज्ञमा सेभेन लेक शुद्ध खानेपानी पचभैयाबाट ५७ हजार ७ सय ७७ , तिलक प्रसाद तिवारी वेगनासतालबाट ५६ हजार १सय १५, छलि सुवेदी पोखरा ३१ तुलादानबाट रु ५१ हजार, नौविसे ओख्ले डाँडा टोल विकास संस्थाबाट २३ हजार ८ सय ३५, राष्ट्रिय परोपकार महासंघ नेपाल १ लाख ११ हजार १ सय ११, हेम बहादुर सापकोटा वेगनास बाट १ लाख ६६हजारर ६ सय ६६, शिव प्रसाद न्यौपाने शिशुवाबाट १ लाख ४ हजार, बद्रिनाथ कंडेल वेगनासबाट रु २५ हजार ५ सय ५२, अम्मर सिद्ध नमुना मावि पचभैयाबाभट रु २५ हजार ५ सय २५ , सावित्री भण्ढारी मोहरीयाबाट २५ हजार ६ सय १, नेपाल विद्युत प्राधिकरण लेखनाथ बाट रु १५ हजार ५ सय ५५ दान गरेको कोषाध्यक्ष गंगाराम सुवेदीले बताए । महायज्ञ अवधीभर बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न रहेको मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीले बताए । यसै गरी मंसिर २८ गते साँझ ५ बजे महाआरती हुने र २९ गते शनिवार ४ बजे विराट ज्ञान महायज्ञ समापन हुने भएकाले सम्पुर्ण श्रदालु भक्तजन एवम् धर्मअनुरागीहरुलाइ उपस्थितिका लागि मुल आयोजक समितिले आग्रह गरेको प्रचार प्रसार उपसमितिका संयोजक मोती गिरीले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: