वडा कार्यालय भवनको शिलन्यास
लेखनाथ ४ पौष
पोखरा महानगरपालिका वडा नं ३० को वडा भवनको महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ र वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले सयुक्त रुपमा शिलन्यास गरेका छन् । करीव २ करोड ५० लाख लागतमा १५ महिनामा सक्ने गरी निर्माणको ठेक्का दिइएको वडा अध्यक्षले जानकारी दिएका छन् । सोही कार्यक्रममा प्रमुख अतिथी गुरुङले स्थानिय तहमा अव विकास गती तिव्र रुपमा जाने वताएकी छन् । सवै वडा अफैमा सक्षम वन्न उचित श्रोत र साधनको पहिचान गर्दै जाने वताएकी छन् ।
सोही कार्यक्रममा नेपाली काग्रेस नगर सचिव ध्रुवनाथ अधिकारी, नेकपाका महानगर प्रतिनिधी मोहन गुरुङ, नेपाली काग्रेस वडा सभापती निरलाल तज्या, नेकपा वडा संयोजक दयाराम तिवारी, इलाका प्रहरी कार्यलय डाँडाकोनाका प्रमुख मोहन खड्का, ट्रफिक प्रहरी प्रदेश प्रमुख विरेन्द्र वस्याल लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वडा नं ३० का वडा अध्यक्ष श्रीराम पाख्रेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सदस्य सोमलाल कडेंलले स्वागत मन्तव्य गर्नुका साथै सञ्चालन वडा सचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।