त्रिवेणी इन्टरनेशनल कलेजमा स्वागत कार्यक्रम सम्पन्न

पोखरा, ६ पुष ।
पोखरा २७ तालचोमा रहेको त्रिवेणी इन्टरनेशनल क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीद्धारा आयोजित कार्यक्रममा वोल्दै प्रखुख अतिथी कलेज व्यवस्थापन समितीका अध्यक्ष वावुराम गिरीले निजी स्तरवाट सञ्चालन भएको कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने कुरा व्यक्त गरे ।
सोही कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्यले समय सापेक्ष अनुसार शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ठ कलेज वनाउनमा आफूहरु लागि परेको बताए । सोही कार्यक्रममा व्यवस्थापन समितीका पुर्व अध्यक्ष राजेन्द्रमणी लामिछाने, क्याम्पसका उपप्रमुख डिल्लीराम पौडेल लगाएतले नव आगन्तुक विद्यार्थीलाई कलेजको निति नियम लाइ पालना गर्दै आफ्नो अध्ययन कार्यलाइ अगाडि बढाउन सुझाव दिए । कल्याणकारी समितीका अध्यक्ष सरोज भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सर्वेन्द्र न्यौपानेले गरेका थिए ।