लेखनाथ महोत्सको आज शनिवार दिपक बज्रचार्य र दि रिदम ब्याण्डको प्रस्तुति
लेखनाथ , ७ पुस ।
सवैका लागि महोत्सव सदैका लागि महोत्सव भने जस्तै फरक फरक दर्शकलाई सुहाउने गरि आयोजना गरिएको लेखनाथ महोत्सवमा दोहोरीका पारखीहरु हाँसो र खुसीका साथ रमेका छन् । हरेक दिन फरक फरक प्रस्तुती रहने गरि आयोजनहरुले जुन नारा बनाएका थिए त्यसैगरि सबै दर्शकलाई सुहाउने गरि राखिएको १५ औं सस्करणको लेखनाथ महोत्सवमा दोहोरीमा रम्ने दर्शकहरुको बाक्लो उपस्थीति रहेको आयोजको दाबी छ ।
यसै गरी आज शनिवार देखि गण्डकी तारा अडिसन राउण्ड र रत्यौली गीतको प्रतियोगिता हुने र आजको पप कन्सर्ट तर्फ भने दिपक वज्राचार्यको प्रस्तुति रहने विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने आयोकको विश्वास रहेको छ ।