समाचार

पोखराबाट मनाङमा र सिमरामा जहाज उडाने तयारी

पोखरा, ८ पुष ।
पोखराबाट मनाङको हुम्डे विमानस्थल र बाराको सिमरामा सिधा जहाज उडान भर्ने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रम मार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ । सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आइतबार गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल सहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले माघ दोश्रो सातादेखि पोखरा–सिमरा जहाज उडाउने निर्णय गरेका छन् । त्यसै गरि पुष २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ । लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो ।
तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएता पनि यात्रु भएको खण्डमा भने नियमित सञ्चालन गर्न सकिने मन्त्री लम्सालले जानकारी दिए । उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोश्रो सातादेखि उडान भर्नेछ । दुवै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: