
लेखाथा, १० पुष ।
उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने उदेस्यले पुस ५ गते देखि जारी लेखनाथ महोत्सव ब्यापारिक थलो बन्न सफल भएको छ । नुन देखि ऊनसम्म, गाडी देखि साडीसम्म पाईने भएपछि १५ औं सस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम हेर्न र घर फर्कने क्रममा आफुलाई आबस्यक पर्ने सामाग्री खरीद गर्न पाईने भए पछि महोत्सव स्थल ब्यापार केन्द्रित थलो बनेको हो ।
बजार मुल्य भन्दा केही सस्तोमा आवस्यक सामाग्री पनि पाईने भएपछि मेला हेरेर फर्कने दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्यो । महोत्सव स्थल भित्र सवै प्रकारका सामाग्रीहरु पाईने भए पछि दर्शकको चाँप दिन प्रतिदिन बढ्दै गएको बताउदै प्रचार प्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाले मंगलवार मात्र आयोजकले विभिन्न प्रयोजनका लागि वितरण गरेका पास सहित करिव २५ हजार दर्शक मेला स्थलमा आएको दावी गरेका छन् ।
यता दर्शकको चाप सगै हिजो अस्तीको तुलनामा कारोवार पनि बृद्धि भएकाले मंगलवार मात्र करिव दुई करोड बरावरको आर्थीक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन्। यसैविच महोत्सवको सार्तौ दिन बुधवार राष्ट्रिय ख्याती प्राप्त दोहोरी कलाकार तर्फ बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, मन्जु पौडेल, कला लम्साल, जिवन दाहाल, मन्जु वि.क, शिवहरि ढुङ्गाना, माया गुरुङ, रविन लामिछाने, निसा पोख्रेल, रामजी पौडेल, लक्ष्मी दाहाल, टेक क्षेत्री, हास्य कलाकार तर्फ राजा राजेन्द्र ,लाईभ पप कन्र्सट तर्फ मेलिना राई, संजिवसिंह राना, रत्यौलीमा नमुना कृषक आमा समुह र बाग्लुङ सैनिक वस्थीको प्रस्तुती र साथमा अन्य थप मनोरञ्जनात्मक कार्यक्रम रहने स्टेज संयोजक नेत्रपाणि बास्तोलालले जानकारी दिएका छन् ।