मनोरञ्जनअर्थ खबर

सफलता तर्फ उन्मुख हुदै लेखनाथ महोत्सव

लेखनाथ, ११ पुस ।
लेखनाथको तालचोकमा जारी १५ औं सस्करणको लेखनाथ महोत्सव मध्यभागसम्म आईपुग्दा सफलता तर्फ उन्मुख हुदै गएको बताईएको छ ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ५ गते देखि सुरु भएको महोत्सवमा दिन प्रतिदिन दर्शकको चापसँगै र्र्र्र्र्र्र्आिर्थक कारोबारमा पनि बृद्धि हुदै गएको छ । महोत्सवको सातौं दिन मात्र करिव १५ हजार दर्शकले अवलोकन गरेका छन् भने अहिले सम्म दर्शकको संख्या एक लाख ५० हजार र बुधवार मात्र करिव एक करोड रुपंैया बरावरको आर्थिक कारोवार भएको र हालसम्म नौ करोड रुपैंया बरावरको आर्थीक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेख्य रुपमा कारोवार हुदाँ स्टल संचालकहरु प्नि खुशी देखिएको स्टल अनुगमन तथा मुल्याङ्कन उपसमितिका संयोजक सुर्यमणि लामिछानेले जानकारी दिएका छन ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा उपभोक्ता देखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसँगै उत्पादीत बस्तुको वजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी तारामा छनोट भएका १६ जना प्रतिस्पर्धीहरु मध्ये बुधवार उत्कृष्ट १२ छनोटमा परेको प्रतियोगिताका संयोजक ऋषिराम जमकट्टेलले जानकारी दिएका छन् ।
महोत्सवमा दैनिक रुपमा प्रस्तुत हुने ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, नारी सम्मानका लागि राखिएको रत्यौली गित प्रतियोगिता, हाँस्य प्रहसन र साझँमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए ।
यसैबिच महोत्सवको आठौं दिन विहिवार लोकदोहोरी तर्फ पुष्कल शर्मा, तारापति सुवेदी, सिर्जु अधिकारी, शिव हमाल, पार्वती जि. सी, आयुष परियार, रेखा गुरुङ र बबिता बानियाको प्रस्तुती रहने छ भने पप कन्र्सट तर्फ सहिमा श्रेष्ठ र रमेशराज भटराईको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: