समाचार

त्रिदिवसीय लेखनाथ जयन्ती सुरु

लेखनाथ, १४ पुष ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३५औं त्रि(दिवसीय जन्मजयन्ती शुक्रबारदेखि सुरु भएको छ । कविको सम्झनामा हरेक वर्ष मनाउँदै आएको जन्मजयन्ती अन्तर्गतको पहिलो दिन पुस १३ गते शुक्रबार कविको प्रतिमा रहेको अर्घौचोकको सरसफाई तथा रङरोगन कविको जन्मघर, तरुणतपसी पार्क, कविको जन्मस्थल अर्चलेमा सरसफाई कार्य सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका कवि शिरोमणि जन्मस्थल विकाससमिति, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ लायन्स क्लव सृजना वहिरा मावि लगायतका स्थानीय संघ संस्थाहरुको सहभागीतामा त्रि(दिवसीय लेखनाथ जयन्ती मनाउन लागिएको हो । सो कार्यक्रम अन्तर्गतको पहिलो दिनको सरसफाई कार्यक्रमका अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्ग, नं २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछाने लगायतले कवि पौडेलका साहित्यिक कृति र योगदानका बारेमा जानकारी गराएका थिए ।

लेखनाथ जयन्ती अन्तर्गत पौष १४ गते शनिबार लेखनाथ लायन्स क्लवको संयोजकत्वमा कविता लेखन तथा वाचन प्रतियोगिता र पौष १५ गते मुल समारोह कविको जन्मस्थल अर्चलेमा हुने भएको छ । यसै अवसरमा पोखरा महानगरपालिका वडा नं २७ को राइजिङ्ग स्टार युवा क्लवले पनि सरसफाई कार्य सम्पन्न गरेको अध्यक्ष विष्णु गुरुङ्गले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: