समाचार

वेगनासतालमा द्धिप प्रज्वलन तथा कविता वाचन कार्यक्रम सम्पन्न

लेखनाथ, १६ पुष ।
कवि शिरोमणी लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तिको अवसरमा पोखरा ३१ वेगनासताल वसपार्कमा द्धिप प्रज्वलन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिदिवसिय कार्यत्रम अन्तर्गत शनिवार दोश्रो दिन वेगनास युवा क्बलको आयोजना तथा स्थानिय विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले कवि लेखनाथ पौडेलले नेपालको इतिहासमा राणा शासनको कालमा पनि आफ्नो ज्ञान प्रयोग गरी धेरै भन्दा धेरै साहित्यीक कृतिहरु सृजना गरेको स्मरण गर्दै हामीले पनि आफूले जानेको ज्ञानलाइ साहित्यीक क्षेत्रमा प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । त्यस्तै गरी लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, लेखनाथ साहित्य पुरस्कार कोषका अध्यक्ष डा.शुक्रराज अधिकारी, पोखरा महानगरपालिका वडा नंं३० का वडा अध्यक्ष श्रीराम पोख्रेल लगाएतले कवि शिरोमणी लेखनाथ पौडेलको नेपाली साहित्यमा योगदानको चर्चा गरेका थिए ।
यसै गरी सोही कार्यक्रममा होटल तथा रेष्टुरेण्ट एशोसियनले कवि शिरोमणी लेखनाथ पौडेलद्धरा रचित कृतिहरु ६ हजार ९ सय ९९ मूल्य बराबरको पुस्तक होटल तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, निवर्तमान अध्यक्ष दामोदर भक्त थापा, पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी, संस्थापक अध्यक्ष किरण खनालले संयुक्त रुपमा वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाटलाइ हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कवि तथा कवियत्रीहरुद्धारा कविको वारेमा कविता वाचन गरेका थिए । वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिकाका कानूनी अधिकृत एव्म क्लबका सल्लाहकार राममणी अधिकारीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले कार्यक्रम सन्चालन गरेका थिए । यसै गरी वृहत वेगनासताल सरसफाइ अभियान सञ्चालन गरिरहेको वेगनास युवा क्बलले ४१ औं हप्ताको सरसफाइ कार्यक्रम पनि सोहीदिन विहान सम्पन्न भएका थियो।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: