अर्घौ अर्चलेलाई साहित्यिक ग्रामको रुपमा विकास गर्नुपर्नेमा पूर्व स्थास्थ्य मन्त्रि अधिकारीको जोड
लेखनाथ, १६ पुस ।
पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले कास्कीको अर्घौ अर्चलेलाई साहित्यिक गाउका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा आईतवार कविको जन्मस्थल अघौं अर्चलेमा राखिएको कार्यक्रममा बोल्दै अधिकारीले पोखरालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास गराउदै अर्घौं अर्चलेमा आउने पर्यटकलाई कविको जन्मस्थल सम्म ल्याउनका लागि उक्त ठाउलाई साहित्यिक ग्रामको रुपमा विकास गराउनु पर्ने धारणा राखेका हुन् ।
सहित्यकारले भाषाको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाए जस्तै कवि शिरोमणी लेखनाथ पौडेल जस्ता राष्ट्रिय बिभुतीको सम्मानमा चिन्तनशिल भएर साहित्यिक पर्यटनलाई नेपालमा भित्राउन सक्ने योजना सहित अगाडि वढ्नु पर्ने सुझाव अधिकारीको रहेको थियो ।
सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव जगत प्रसाद उपाध्यायले साहित्यलाई माया गर्नेहरुलाई अर्घौ अर्चलेसम्म ल्याउने वातावरण सृजना गर्नका लागि यो ठाउलाई साहित्यिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गराउनु पर्ने आवस्यकता रहेको बिचार राखेका थिए ।
कार्यक्रममा कवि पौडेलकी नातिनी डाक्टर प्रतिभा पाण्डे,नाती पुर्व गर्भनर डा.विजयनाथ भटराई,साहित्यकार सनत कुमार वस्ती, किरण श्रेष्ठ, सुर्य खड्का विखर्ची, लेखनाथ नगरपालिका पुर्व मेयर शालिकग्राम पौडेल लगाएतले कविको सम्झनामा राष्ट्रिय स्तरमा देखिने काम गर्नु पर्ने सुझाव दिएका थिए ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सासंद दिपक कोईराला, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, सम्मानित ब्यत्तित्व पत्रकार वसन्तराज अधिकारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, प्रतिभा छनोट समितिका संयोजक डा. सुक्र अधिकारी,लायन्स क्लव अफ लेखनाथका सदस्य शिवप्रसाद लामिछाने, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, साहित्यकार विनय नेपाल लगाएतले आ आफनो धारणा राखेका थिए ।
कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कार २०७५ बाट कान्तिपुर टेलिभिजनका गण्डकी ब्युरो प्रमुख बसन्तराज अधिकारी सम्मानित भएका हुन् । सोही अवसरमा लेखनाथ साहित्य पुरस्कारबाट बरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपाललाई सम्मान गरिएको थियो । विगत सात दशक देखि नेपाली भाषा साहित्यमा योगदान पु¥याएकोमा उनी अस्वस्थ भएका कारण छोरा विनय नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
विगत १२ बर्ष देखि पत्रकारिताको क्षेत्रमा अनवरत रुपमा क्रियाशिल अधिकारीले समग्र कास्की जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नगद ११ हजार एक सय ११,सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।