समाचार

प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेर जबराकाे नाम अनुमोदन

पुस १७,काठमाडौं

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम अनुमाेदन भएको छ। प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो। समितिकाे मंगलबार बसेकाे बैठकले प्रधानन्यायाधीशमा जबराकाे नाम अनुमाेदन गरेको हो। समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्काे सिफारिस अनुमाेदन भएको बताए।

यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराकाे सुनुवाइ भएको थियाे। आजकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका थिए। सांसदहरूले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको बताए।  उनले प्रधानन्यायाधीश भएपछि अदालत र पदकाे गरिमा राख्ने प्रतिबद्धता जनाए। जबराले आफू न्यायालयकाे मुहारमा कालाे पाेतेर र आफ्नो अनुहार हातले काेतरेर रक्ताम्य पारेर बाहिरिने मनशायमा नरहेकाे बताए।

उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायाेजना लागू गर्ने प्रतिबद्धता जनाएका थिए। सांसदका प्रश्नको जवाफमा जबराले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ-आफ्नो मर्यदामा कानुनअनुसार चल्नुपर्ने र एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरे असहजता आउने पनि बताए। उनले आफू प्रधानन्यायाधीश भएपछि सरकारले कानुनअनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने बताए। उनको नाम सर्वसहमतिमा अनुमोदन भएको हो।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: