समाचार

जिपि अध्ययन केन्द्र को कार्यसमिति गठन

जिपि अध्ययन केन्द्र को कार्यसमिति गठन
लेखनाथ, २१ पुष ।
जिपि कोईराला अध्ययन केन्द्र, कास्कीको कार्यसमिति विस्तार गरिएको छ । कास्कीका अध्यक्ष शिवनाथ सिग्देलले शनिवार एक कार्यक्रम गरी कार्यसमिति विस्तार गरेका हुन् । विस्तारित कार्यसमितिमा उपाध्यक्ष विदुरमणि ढुङ्गाना, महासचिव सुरेन्द्र वावु तिवारी सचिव श्रीराम कडेंल, कोषाध्यक्ष एलिसा केसी रहेका छन् भने कार्यसमिति सदस्यहरुमा ध्रुवराज अधिकारी, भरत गुरुङ, प्रकाश कार्की, लक्ष्मी गुरुङ र नविन अधिकारी रहेका छन् ।
अध्ययन केन्द्र कास्की ले यस अगाडि नै ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ अधिवक्ता फणिन्द्र राज कोईराला रहेका छन् । संस्थाका सल्लाहकार डा. अजय थापाले संस्थालाई शुभकामना दिंदै संस्थाले गुट उपगुटमा नभई समग्र समुदायको लागि सामुदायिक क्रियाकलाप मार्फत राष्ट्रिय अभियान एवं स्थानीय सरकारका अभियानहरुमा टेवा पुर्याउँदै सहमति र सहकार्यको लोकतान्त्रिक संस्कृति निर्माणमा ईंटा थप्ने कार्य गर्नुपर्नेमा जोड दिए ।

Related Articles

Back to top button
%d bloggers like this: