समाचार

वडा नं.२८ वडा कार्यालयको भवन उद्घाटन

पोखरा, ३ माघ ।
पोखरा महानगरपालिका वडा नं.२८ को वडा कार्यालय भवनको उद्घाट गरिएको छ । पोखरा महानगरपालिका प्रमुख मान वाहादुर जिसीले विहिवार एक कार्यक्रमका विच उद्घाटन गरे ।

भवनको ृउद्घाटन मन्त्व्य राख्दै प्रमुख जिसीले राखि मिजुरे सडक मर्मतनको लागि महानगरबाट वजेट विनियोज भएको र सो कार्य छिटै नै शुर हुने बताए । विस्तुत परियोजना तयार गरी साविक माझठाना गाविसमा एक घर एक धारा खानेपानीको व्यवस्था गर्ने महानगरको योजना रहेको प्रमुख जिसीेले बताए। पुराना निर्मित संरचनाहरु महानगरमा सुचित गर्न आग्रह गर्दै विकास निर्माण कार्यमा जुट्न सबैलाइ आव्हान समेत गरे ।

यसै गरी पोखरा महानगर प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेल विकास निर्माणका योजना सम्झौताका जनसहभागिता हुनुपर्नेमा जोड दिंदै सबै सामाजिक संघ संस्थाहरु करको दायरामा आउनुपर्ने बताए । वडा नं.२६ का वडा अध्यक्ष नारायण वराल, नेकपाका सल्लाहकार लालमोहन तिवारी, नेपाली कांग्रेस वडा नंं२८ का इकाइ सभापति विकास गुरुङ, समाजसेवी विष्णु मायाँ पौडेल लगाएतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।

वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले समग्र २८ नं.वडाको वारेमा जानकारी गराउँदै स्वागत गरेको कार्यक्रमको धन्यवाद सहित समापन वडा सदस्य अम्बिका बुढाथोकीले गरेकी थिइन भने वडा सचिव शोभाखर ढकालले कार्यक्रम सन्चालन गरेका वडा सदस्य अम्बिका बुढाथोकीले जानकारी दिइन् ।

Related Articles

Back to top button
%d bloggers like this: