समाचार

पोखरा २७ लेखनाथमा लागु औषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लेखनाथ, ८ माघ ।
पोखरा २७ रिठेपानीमा रहेको राइजिङ स्टार युवा क्लबको पहलमा एक दिने लागु औषध सचेतना कार्यक्रम सम्पन्न भयो । पोखरा २७मा रहेको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ उक्त लागु औषध दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा लागु औषध नियन्त्रण व्युरो प्रहरी नायव निक्षिक विद्याधर त्रिपाठीले लागु औषध तथा दुव्र्यसनी सम्बन्धि सहजीकरण गरेका थिए।
क्लबका अध्यक्ष विष्णु गुरुङले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए भने त्रिवेणी पब्लिक माध्यमिक विद्यालय + का संयोजकले कार्यक्रम सन्चालन गरेका थिए ।
यसै गरी क्लवले सुरक्षा सम्वेदनसिललाइ ध्यान राख्दै पोखरा २७ रिठेपानी वरीपरी चार टोललाइ लक्षित गरी ३ वटा सि सि टि भी क्यामेरा जडान गरेको छ । रिठेपानी निवासी एवम् क्लबका पूर्व सदस्य हाल हंकङ निवासी विजेन्द्र गुरुङले उक्त सि सी टि भी क्यामेरा जडान गर्न ९० हजार सहयोग गरेको क्लबका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । रिठेपानी क्षेत्रमा सुरक्षालाइ मध्ये नजर राख्दै आगामी दिनहरुमा पनि सि सि टि भी जडान गर्ने कार्यक्रम निरन्तर रुपमा अगाडि बढ्ने क्लबका अध्यक्ष गुरुङले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: