समाचार

आज शहीद दिवस मनाइदै

१६ माघ ।
मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मान स्वरुप माघ १६ मा शहीद दिवस् मनाइन्छ । सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ ।
आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताकालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए ।
शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।
नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहिदहरुको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि शहिदहरुले वलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्द्लिय व्यवस्था लगायत ३२ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलिय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरु शहिद भएका छन् ।
त्यसपछिको कालखण्डमा भएका सशस्त्र द्वन्द्व अनि हिंसाको फेरिहिस्त लामै छ, अझै धेरै नेपालीहरू वेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबैजनाको वीरगतीको विवरण लामो छ ।अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछी पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै शहिदहरुलाई गाउँले मिडियाको नमन ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: