नेपाल कपडा तथा सिलाइ व्यवसायि संघ लेखनाथको अध्यक्षमा विनोद

नेपाल कपडा तथा सिलाइ व्यवसायि संघ लेखनाथ नगर समितिको अध्यक्षमा विनोद
लेखनाथ, १७ माघ ।
नेपाल कपडा तथा सिलाइ व्यवसायि संघ लेखनाथ नगर कार्य समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन विहिवार सम्पन्न भएको छ । अधिवेशनले विनोद परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
यसै गरी सर्वसम्मत रुपमा चयन गरिएको उपाध्यक्षमा विरु गौतम परियार, सचिवमा सुरेन्द्र परियार, कोषाध्यक्षमा शान्ति परियार, सहसचिवमा नमिता नेपाली रहेका छन्। यसै गरी सदस्यहरुमा दयाराम परियार, नितिन परियार, अर्जुन पयिार, सुनिता परियार, वि मायाँ परियार, पुष्प गायक , गणेश नेपाली र प्रदिप परियार रहेका छन् । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कपडा तथा सिलाइ व्यवसायिक संघ कास्की जिल्ला अध्यक्ष जुम बहादु परियारले पेशा व्यवसायलाइ व्यवस्थित गर्दै पेशागत हकहितका लागि सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
निवर्तमान अध्यक्ष लाल वहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटिका उपाध्यक्ष अम्मर वहादुर परियार, सचिव राजु पौडेल, जिल्ला सहसचिव खेम लामा, जिल्ला सदस्यहरु खेम वहादुर परियार , जगत वहादुर परियार लगाएतले शुभकामना मन्तव्य राखेका थिए । लखनाथ नगर समितिका निवर्तमान द्धितिय उपाध्यक्ष विनोद परियारले स्वागत गरेको कार्यक्रममा नमिता नेपालीले प्रस्तुत गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विरु गैतमको सचिवको प्रतिवेदन अधिवेशनले सर्वसम्मतले पारित गरेको कार्यक्रमको सन्चालन सचिव विरु गैतमले गरेका थिए।