समाचार

शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

Spread the love

जेठ २१, काठमाण्डाै ।

जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलाबेला विभिन्न विवादमा पर्दै आएका ‘ज्योतिष’ क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको बोगटीले बताए ।

‘ज्याेतिष’ क्षेत्री पछिल्लाे पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ‘ज्योतिष’ क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बाेगटीको भनाइ छ ।

Related Articles

Check Also

Close
Close