
लेखनाथ, ३ असोज ।
लायन्स क्लव अफ पोखरा, कैलाश चौतारीले पोखरा महानगरपालिका वडा नंं ३२, को सुकुम्वासी टोल नंं ५ र ६ मा खुदीखोलाका बाढि पिडितलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
गत भदौ ३० मा खुदी खोलामा आएको बाढिले बस्ती बगाउदा उठीवासमा परेका विस्तापित परिवारलाई चामल, दाल, तेल लगायतका खाद्य सामाग्रीे एक समारोहका विच शनिवार संस्थाले वितरण गरेको हो ।
लायन्स क्लव अफ पोखरा कैलास चौतारीका अध्यक्ष एकनारायण पनेरुको अध्यक्षतामा लायन महेन्द्र पौडेलको नेतृत्वमा विस्तापित १४ घर परिवारालाई डिष्ड्रिक को चिफ एडभाइजर चण्डिप्रसाद अर्यालका प्रमुख आतिथ्यमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै अर्यालले विषम परिस्थितिका बाबजुद विपत्तिको घडिमा दुखि आत्मालाई मानविय सेवामा समर्पण भएर संस्थाले पिडितलाई केही हदसम्म राहतका लागि खाद्य सामाग्री वितरण गरिएको बताउदै आवश्यक सहयोगको लागि विभिन्न संघ सस्थाललाई सहयोग गरिदिनुहुन अनुरोघ गर्दे आवासको लागि स्थानीय निकायलाई आवासको व्यवस्था मिलाइ दिन आग्रह समेत गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२, का वडा सदस्य विष्णुप्रसाद तिवारी, संस्थाका कलस्टर प्रमुख शम्भुराम वास्तोला, रिजनल चियर प्रसन पुष्पा आचार्य, आराधना टोल सस्थाका अध्यक्ष भुपेन्द्र मास्के, क्लवका प्रथम उपाध्यक्ष लेखनाथ सुवेदी लगायतले पिडित घरवार विहिन भएकै कारण साँझ विहान गास विहिन बस्नु नपरोस भन्ने उद्देश्यले लायन्स क्लव अफ पोखरा कैलास चौतारीको सहकार्यमा पिडित स्थानीय पुष्पा गुरुङ्ग, चन्द्रमाया क्षेत्री, पवित्रा खड्का क्षेत्री, , रेलमाया क्षेत्री, तारा थापा मगर, विनु शाही, बुद्धिमाया रानाभाट, नारायण वहादुर क्षेत्री, सुर्यवहादुर सार्की, सन्चमाया मुक्तान,े विष्णु तामाङ, कृष्णवहादुर परियार, बुद्धिमाया नेपाली, र लक्ष्मी विकका परिवारलाई मानविय सेवामा समर्पित भएर संस्थाले खाद्यान्न वितरण गरिएको बताए ।
लायन्स क्लव अफ पोखरा कैलास चौतारीका उपाध्यक्ष लायन लेखनाथ सुवेदीले स्वागत राखेको कार्यक्रको संचालन संस्थाका सचिव प्रेमप्रसाद सुवेदी ले गरेका थिए ।
गत भाद्र ३० गते अविरल वर्षका कारण स्थानीय खुदीखोलामा आएको बाढीका कारण १४ घर र वस्ती वगाउदा करीव ५० लाख वरावरको क्षती भएका थियो भने स्थानीयवासी र टोल विकास संस्थाको सहयोगमा पिडीत परिवारलाई नजिकैको सिता आधारभूत विद्यालय राखिएको छ । वि.स. २०७४ सालमा सो विद्यालयको ४ कोठे भवन समेत लायन्स क्लव अफ पोखरा कैलास चौतारीको सहयोगमा निर्माण गरिएको थियो ।