समाचार

पोजिटिभ देखिएकी बाग्लुङकी महिलाको दोस्रो परीक्षणमा आयो नेगेटिभ

Spread the love

वैशाख ४, पोखरा।  कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए। ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने।

कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो। दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन्। उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए। दम र उच्च रक्तचापकी बिरामी भएकाले महिलाले त्यसको औषधि खाइरहेकी छन्।

Related Articles

Back to top button